काठमाडौं । काठमाडौंस्थित पेरुको महावाणिज्य दूतावास र नेपाललाई मान्यता प्राप्त भारतस्थित पेरुको राजदूतावासले राजधानीमा पेरु फुड फेस्टिभल आयोजना गरेको छ ।
मेरियट होटलमा आयोजना गरिएको “काठमाडौंमा पेरुको स्वाद” नामक सो फेस्टिभलमा पेरुको पाक सम्पदाका बारेमा जानकारी गराइएको थियो । यस्तै, पेरुको सबैभन्दा प्रतिष्ठित सिर्जनाहरुमध्ये एक पिस्को साउर (कागतीको रस, सिरप, अण्डाको सेतो भाग, एङ्गोस टुरा बिटर र आइस क्यूबको मिश्रणले बनेको ककटेल) को प्रवर्द्धन गरिएको थियो ।
सो अवसरमा नेपालका लागि पेरुका मानार्थ महावाणिज्य दूत सुमितकुमार अग्रवालले विश्वका सबैभन्दा रुचाइएका पाक सम्पदामा पेरु समेत पर्ने बताए ।
“पेरु पाककलाको लामो इतिहासलाई सम्मान गर्दै हामीले यो कार्यक्रमको आयोजना गरेका छौं”, उनले ‘भने त्यहाँका सेफहरू र जनताको जोशले दुई देशबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न ठूलो योगदान पुर्याएकोमा म विश्वस्त छु ।”
शेफ जुलियो कास्टिलोले नेतृत्व गरेको सो फुड फेस्टिभलमा उद्योगी व्यवसायी, राजनीतिक नेता तथा सञ्चारकर्मीलगाएतको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा पेरुका सांस्कृतिक भेषभुषाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
प्रतिक्रिया