Logo

विकास / पूर्वाधार

कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ: गृहमन्त्री


GDP नेपाल
   ३ पुस २०८१, बुधबार


पाल्पा । गृहमन्त्री रमेश लेखकले कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको बताएका छन् ।

बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताए ।

भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड थियो ।

उनले भने,‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो । ’

प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिनुभएको उनको भनाइ छ ।

पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्री लेखकले बताए । ‘जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीँ अनुसार अनुसन्धान भइरहेको छ’

उनले राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेको संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागिपरेको उनको भनाइ छ ।

प्रकाशित : ३ पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह