Logo

बैंक / बिमा /शेयर

हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्कासन गर्ने, बोलायो साधारण सभा


GDP नेपाल
   ८ पुस २०८१, सोमबार


काठमाडौं । हिमालयम पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा, डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म कामय सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित : ८ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह