Logo

Banner-news

नागढुंगा–नौबिसे सुरुङमार्गः २० मिनेट दूरी छोट्याउन २२ अर्ब लगानी !


GDP Nepal
   ७ आश्विन २०७६, मंगलबार


काठमाडौं । काठमाडौंको काठमाडौंको नागढुंगा र धादिङको नौबिसे जोड्ने सुरुङमार्ग निर्माणका लागि जापानी निर्माण कम्पनीसँग सम्झौता भएको छ । मुलुककै पहिलो सुरुङमार्गसमेत भएकाले यसप्रति नीतिनिर्मातासहित आम सर्वसाधारणमा समेत उत्साह पैदा भएको छ ।

तर, कुल २२ अर्ब लागत रहने यो सुरुङमार्गले काठमाडौंबाट नौबिसे पुग्दा साविकभन्दा २० मिनेटमात्रै कम समयमा पुग्न सकिने भएकाले छोटो दूरीका लागि बढी लगानी त भएन भन्ने प्रश्न पनि उब्जेको छ ।

धादिङतर्फबाट काठमाडौं आउने दूरी करिब १ घन्टा छोटिने भए पनि काठमाडौंबाट धादिङ पुग्ने दूरी भने १५ देखि २० मिनेटमात्र कम हुने आयोजना पक्षले नै जनाइसकेको छ । यसरी २.६८ किलोमिटरमात्र लामो सुरुङमार्गका लागि नेपालले जापानीऋण र आन्तरिक लगानीसमेत गरेर २२ अर्ब खर्चनु लागत र प्रतिफलका दृष्टिले कति उचित हो भन्ने प्रश्नसमेत स्वाभाविक रुपमा उठेको छ ।

अर्कोतर्फ काठमाडौं निजगढ द्रुतमार्ग तीव्र गतिमा निर्माण भइरहेकाले यसै पनि यस खण्डमा पूर्वतर्फबाट आउने सवारी चाप कम हुनेछ भने अर्कोतर्फ यसले राजधानी भित्रिने गाडीको जाम हटाउने पनि देखिँदैन ।

सोमबार भएको ठेक्का सम्झौताअनुसार सुरुङमार्गको कुल लागत १३ अर्ब ५० करोड रहनेछ भने ४२ महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ । जापान सरकारले ४० वर्षभित्र चुक्ता गर्ने गरी सुरुङ मार्गका लागि ०.०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह