Logo

मुख्य समाचार

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धन घट्यो


GDP नेपाल
   १७ पुस २०८१, बुधबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ भने काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्ने छ ।

त्यस्तै,सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्ने छ । हवाइ इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।

प्रकाशित : १७ पुस २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह