काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठको कार्यकाल पुस मसान्तमा सकिँदैछ । २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका श्रेष्ठले अब थप ४ वर्ष एशियन लाइफमै रहेर २०८५ साल पुस मसान्तसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन्।
एशियन लाइफको सीईओ बन्नुअघि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनीसँग १८ वर्षको बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ।
प्रतिक्रिया