Logo

राजनीति

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन


GDP नेपाल
   १८ माघ २०८१, शुक्रबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् ।

शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले पनि सोही अनुसार निलम्बन गर्ने प्रकृया उचित हुँदैन् । यसको प्रकृया संसदको नियमावलीमा स्पष्ट राखिएको छ । अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनु भएको छ ।’

सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह