Logo

मुख्य समाचार

९० मेगावाटको मर्स्याङदी जलविद्युत् आयोजनामा जुट्यो १० अर्ब लगानी


GDP नेपाल
   १८ माघ २०८१, शुक्रबार


काठमाडौं । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटेको छ । कुमारी बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाले साढे १० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

आज कुमारी बैंक, प्रभु बैंक, कृषि बिकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा सो आयोजना निर्माण हुनेछ ।

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैकले ४ अर्ब, प्रभु बैकले ३ अर्ब, सिद्धार्थ बैकले २ अर्ब र कृषि बिकास बैकले १ अर्ब ५ करोड लगानी गर्नेछन् ।


स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पुर्व आवश्यक अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्ष अनुप आचार्यले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मेगवाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कातिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाले व्यपारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ । आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रालि रहेको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । आ

योजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेस भएको छ कम्पनीका अध्यक्षले बताए ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभी मा जोडिने छ ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह