Logo

मुख्य समाचार

नेपाल टेलिकमको नाफा ६ अर्ब २३ करोड


GDP नेपाल
   २२ माघ २०८१, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले एक वर्षमा ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।
२१ औँ वार्षिकोत्सवमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को कुल आयव्ययसहित विवरण सार्वजनिक गर्दै टेलिकमले कुल मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ कमाएको जनाएको हो ।


‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ ,’ टेलिकमले बताएको छ ।


जुन अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी रहेको टेलिकमले बताएको छ । अर्थतन्त्रका सूचक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमार्फत कम्पनीले भनेको छ ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको बताइएको छ ।

त्यस्तै, टेलिकमको ग्राहक सङ्ख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको बताइएको छ ।
जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ ।

प्रकाशित : २२ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह