काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ९.७४ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २९ करोड ४९ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।










प्रतिक्रिया