काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कोषको नाफा १३.९७ प्रतिशतको वृद्धि भएको हो । गत वर्ष कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशत घटेर १९ करोड ३३ लाख रुपैयाँ पुगेका छ । कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी १८७.३१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत, कुल खर्च ६१४ प्रतिशत बढेको छ। नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने १ रुपियाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ।
यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ, जसले आगामी योजनाहरू र योजनाबद्ध वृद्धिका लागि आधार प्रदान गर्नेछ।










प्रतिक्रिया