Logo

मुख्य समाचार

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि, व्यवस्थित गर्न कानून बनाएका छौं: मन्त्री गुरुङ


GDP नेपाल
   २४ माघ २०८१, बिहिबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन् ।

विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौ । एआइको नीति बनाएको छैनौ । बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं । नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’

मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए ।

उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ ।’

प्रकाशित : २४ माघ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह