काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्वतारोहण संघ बीच नेपाल पर्वतारोहण संघका आफना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहणका लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम रु १५ लाख बरावरकोदुर्घटना बीमा, रु. ४ लाख बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको हो । साविकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो ।
यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुनेछ ।
प्रतिक्रिया