काठमाडौं । चन्द्रागिरी हिल्सका सञ्चालक प्रेमराज जोशीले राजीनामा दिएका छन् ।
चन्द्रागिरी हिल्सको सञ्चालक समिति बैठकले जोशीको राजीनामा स्वीकृत गरेको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।
जोशी स्वतन्त्र सञ्चालकका रुपमा कार्यरत रहेका थिए ।
उनले फागुन २ गतेबाट लागू हुनेगरी गरेको राजीनामा सोही मितिमा स्वीकृत गरिएको हो ।
प्रतिक्रिया