काठमाडौं । राइट टु प्रोटिन (RTP) नेपाल, नेपाल फिड इन्डस्ट्रीज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी ब्यबसायी संघ नेपाल तथा युसेक (USSEC) को संयुक्त आयोजनामा “मानव स्वास्थ्यमा प्रोटिनको भूमिका” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्य र प्रोटिनको सम्बन्धबारे आफ्ना विचार राख्दै नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिनयुक्त आहारको महत्वबारे प्रकाश पारेका थिए ।कार्यक्रममा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
त्यस्तै, कन्ट्री टीम लिड डा. अशेष भट्टराईले युसेक नेपालले नेपालको कुखुरा उद्योगले प्रोटिन अभाव हटाउन दिएको योगदानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा डायटिसियन (चिरायु अस्पताल) तथा नेपाल डायटिसियन एसोसिएसनकी उपाध्यक्ष रश्मि बजिमाया श्रेष्ठले मानव स्वास्थ्यमा प्रोटिनको भूमिका विषयमा जानकारी दिइन्।

कार्यक्रममा प्यानल छलफलको समेत आयोजना गरिएको थियो । जसलाई संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषी सँगठन इक्कट्याड टिम लिड डा. सुरेन्द्र कार्कीले संयोजन गरेका थिए। छलफलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जिव कुमार कर्ण र पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले सहभागिता जनाएका थिए ।
यस कार्यक्रमले नेपालमा प्रोटिनयुक्त आहारको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै, सन्तुलित पोषणलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिएको आयोजक संस्थाहरूले बताएका छन्।










प्रतिक्रिया