Logo

बैंक / बिमा /शेयर

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २ चैत्र २०८१, आइतबार


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा आएको छ । लघुवित्तले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीकै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा फरवार्ड माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुबही– ५ सुनसरीमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह