Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको टप अप र फोनपेमा बम्पर अफर, आईफोन १६ जित्ने मौका


GDP नेपाल
   २ चैत्र २०८१, आइतबार


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टप अप र फोन फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।


यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नुहुनेछ ।


अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : २ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह