Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा हरित बचत खाता योजना सुरु


GDP नेपाल
   ४ चैत्र २०८१, मंगलबार


काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ ।

यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने जनाइएको छ ।

बैंकका अनुसार सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउने मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।

एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली, जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न बैंकले आग्रह गरेको छ ।

प्रकाशित : ४ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह