Logo

बैंक / बिमा /शेयर

अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्रको विनिमय दर


GDP नेपाल
   ६ चैत्र २०८१, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपियाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भएको छ ।

प्रकाशित : ६ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह