Logo

बिजनेस होम

काठमाडौंमा अब कुकुर बिराला पनि दर्ता गर्नुपर्ने, माइक्रोचिप लगाइने !


gdpnepal
   १९ चैत्र २०८१, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अब कुकुर बिराला पनि दर्ता गर्नुपर्ने भएको छ । दर्ता भएका कुकुरा बिरालोलाई माइक्रोचिप लगाइने महानगरले जनाएको छ ।

महानगर अन्तर्गत नगर कार्यपालिकाको कार्यालयका अनुुसार कुकुर बिराला दर्ता गर्ने सम्बन्धी सूचना जारी भइसकेको छ । कुकुर बिरालो हराउने समस्या समाधानका निमित्त यो व्यवस्था ल्याइएको महानगरपालिकाले जनाएको छ ।

“काठमाडौँ महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको छ,” महानगरले भनेको छ, “त्यसैले आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बड़ा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।”

काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु पर्ने व्यवस्था समेत गराइएको छ ।

 

प्रकाशित : १९ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह