काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएसँगै कम्पनीको सेयरमा सर्किट ब्रेकर लागेको छ । कम्पनीले हकप्रद निष्कासनसम्बन्धी जानकारी मंगलबार स्टक एक्सचेञ्जमा पठाएको थियो ।
मंगलबार सेयर बजारमा गिरावट देखिए पनि गार्डियनको सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।
हकप्रद घोषणासँगै केही दिनदेखि स्थिर रहेको कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २३४ रुपैयाँ ५० पैसाले बढेसँगै २५७९.८० रुपैयाँ पुगेको छ ।
गत माघ दोस्रो साता नेप्सेमा सूचीकरण भएको गार्डियनको सेयर लगातार सर्किट ब्रेक लाग्दै उच्च मूल्यमा पुगेको छ ।
यसबीचमा कम्पनी सञ्चालक समितिको बैठकले १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
यसका लागि कम्पनीले बैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ ।
कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ । तसर्थ, चैत २७ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया