Logo

मुख्य समाचार

पोष्ट कोभिडले बिते राप्रपा सांसद दीपक बोहरा


gdpnepal
   १८ चैत्र २०८१, मंगलबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहराको निधन भएको छ ।

पोष्ट कोभिडका कारण लामो समयसम्म अस्वस्थ बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद बोहरा पोस्ट कोभिड समस्याले गर्दा बोल्न नसक्ने अवस्थामा थिए । 

उनले तत्कालीन गृहमन्त्री वालकृष्ण खाँडलाई पराजीत गरेका हुन् ।

बोहरा पञ्चायतकालदेखि नै चर्चित नेता हुन् भने उनी पटकपटक मन्त्री भएका थिए ।

महामारीको दोस्रो लहर (जेठ २०७७) मा बोहरा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । 

पोष्ट कोभिडका कारणले उनको घाँटीमा समस्या भएको थियो ।

 

प्रकाशित : १८ चैत्र २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह