Logo

मुख्य समाचार

‘बालेनतन्त्र’ विरुद्ध खुलिन् सुनिताः हिम्मत भए यहिँ आएर फेस गर्नुस् !


gdpnepal
   २० चैत्र २०८१, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अन्ततः मेयर बालेन शाहका हर्कत विरुद्ध मुखरित भएकी छन् । मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन उनले चेतावनी दिएकी छन् ।

उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न मेयर शाहलाई आग्रह गर्दै नगर प्रहरीको बलमा समस्या समाधान नहुने बताइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार महानगरपालिकामा हाजिर गर्न गएका थिए ।

उपमेयर डंगोलले भनिन्, “उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन र कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।”

अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न नपाउँदा हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएको उनको भनाइ छ ।

“हामीले क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन,” उनले भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन ।”

निकै बोल्ड रुपमा प्रस्तु भएकी उपमेयर डंगोलले पहिला आजको विषय समाधान गरेर बोर्ड बैठक बस्ने बताइन् ।

प्रकाशित : २० चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह