Logo

बैंक / बिमा /शेयर

यूरो र पाउन्डको भाउ घट्यो, अन्य मुद्राको विनिमय दर कति ?


GDP नेपाल
   १० चैत्र २०८१, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ  ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह