Logo

बैंक / बिमा /शेयर

बजारबाट ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १२ चैत्र २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति वैशाख ३ गते निर्धारण भएको छ ।

यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : १२ चैत्र २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह