काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.१३ अंकले बढेर दुई हजार ६२१.८६ विन्दुमा पुगेको छ ।
बैंकिङ १५, विकास बैंक ६४, फाइनान्स ४३, होटल तथा पर्यटन ११२, हाइड्रोपावर ५७, जीवन बीमा २६७, निर्जीवन बीमा २०९, माइक्रोफाइनान्स ६१, उत्पादन ६९, व्यापार ४० र अन्य उपसमूह ४८ अंकले बढेको छ ।
आज माउन्टेन हाइड्रो नेपालको सेयर ५.८५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज उपकार लघुवित्तको सेयर ७.९ प्रतिशतले घटेको छ ।
यस दिन ३१७ कम्पनीको ९१ लाख कित्ता सेयर ४ अर्ब २० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया