काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । यसअघि वरिष्ठ डेपुटी सीइओ रहेका ज्ञवालीलाई बैंक सञ्चालक समितिको बैठकले कामु सीइओमा नियुक्त गरेको हो ।
नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया