Logo

मुख्य समाचार

ओली, खड्का र शाक्यलाई विपक्षी बनाउँदै कुलमानको रिट सर्वोच्चमा दर्ता


gdpnepal
   १३ चैत्र २०८१, बिहिबार


काठमाडौं । कुलमान घिसिङले आफूलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

घिसिङले बुधबार रिट दर्ता गर्न खोजे पनि समयअभावका कारण दर्ता हुन सकेको थिएन भने बिहीबार दर्ता भएको हो । उनको रिटमाथि शुक्रबार पहिलो सुनुवाई हुनेछ ।

आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै घिसिङले पेस गरेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का तथा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएएको छ ।

यस्तै, मन्त्रिपरिषद् कार्यालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिलाई पनि विपक्षी बनाइएको जनाइएको छ ।

घिसिङले आफूले कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ स्पष्टीकरण सोधिएको र गलत ढंगले पदमुक्त गरेको भनी रिट निवेदनमा उल्लेख गरेका छन् ।

 

प्रकाशित : १३ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह