काठमाडौं । राधी विद्युत् कम्पनीको अध्यक्षमा पुनम कार्की क्षेत्री नियुक्त भएकी छन् ।
बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सञ्चालक कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि पनि कम्पनीको अध्यक्षका रुपमा कार्यरत थिइन् ।
राधी विद्युत् कम्पनी लिमिटेडले लमजुङ जिल्लामा ४.४ मेगावाटको राधी सानो जलविद्युत् आयोजना विकास गरेको छ । यो आयोजना मर्स्याङ्दी गाउँपालिका ५, घर्मु, लमजुङमा अवस्थित छ ।
कम्पनीका परिपालन अधिकृत रमेशनाथ योगीका अनुसार कम्पनीको अध्यक्ष नियुक्तिका विषयमा नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र विद्युत् नियमन आयोगलाई जानकारी गराइएको छ ।
यसअघि चैत ११ गते सम्पन्न कम्पनीको विशेष साधारणसभाबाट पुनम कार्की क्षेत्री र झविन्द्र आचार्य सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया