Logo

बिजनेस होम

राजावादीको निशानामा भाटभटेनीसहित एमाले-माओवादी-एस कार्यालय र माधव नेपालको घर


gdpnepal
   १४ चैत्र २०८१, शुक्रबार


काठमाडौं । राजावादी समूहको आन्दोलन अराजक बन्दै जाँदा कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।

यसअघि आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी एसको कार्यालय तोडफोड गरेका आन्दोलनकारीले नेकपा माओवादी केन्द्रको कार्यालयमा पुगे पनि कडा सुरक्षाका कारण फर्किए ।

आन्दोलनकारीको समूह माधव नेपालको कोटेश्वरस्थित निवासमा आक्रमणका लागि भन्दै हिँडेको छ भने अर्को समूह एमाले कार्यालय च्यासलमा आक्रमण गर्न हिँडेको छ ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरसहित अन्नपूर्ण पोष्ट र तीनकुनेका निजी घरमा आक्रमण गरेको थियो  ।

 

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह