Logo

मुख्य समाचार

ज्ञानेन्द्र शाहलाई महानगरले ८ लाख तिराउने, निजी सम्पत्तिको क्षतिपूर्ति क्षेत्राधिकारमा नपर्ने


gdpnepal
   १५ चैत्र २०८१, शनिबार


काठमाडौं । काठमाण्डौ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्रलाई शुक्रवारको प्रदर्शनमा भएको सार्वजनिक सम्पति तोडफोड लगायत अन्य कुरामा ७ लाख ९३ हजार रूपैयाँ जरिवना तिराउने चिट्ठी पठाएको छ।

महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको हो ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। 

प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।

आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए। 

निजी सम्पत्तिको क्षति मूल्याङ्कन र क्षतिपूर्ति आफ्नो क्षेत्राधिकारमा नपर्ने महानगरले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह