काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से २९.८२ अंकले बढेर दुई हजार ६९३.१२ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ४५, फाइनान्स ५१, होटल तथा पर्यटन ९१, हाइड्रोपावर ५३, जीवन बीमा ११४, निर्जीवन बीमा ९६, माइक्रोफाइनान्स ३०, उत्पादन ४१ र अन्य उपसमूह ५० अंकले बढेको छ । त्यस्तै, आज व्यापार उपसमूह भने ११ अंकले घटेको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज प्रभु स्मार्ट फन्डको सेयर ५.७९ प्रतिशतले घटेको छ ।
यस दिन ३२३ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ७ अर्ब ५६ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया