Logo

बिजनेस होम

भवानी राणाले भनिन्ः म राजावादी हैन, मेरो बारेमा भ्रम फैलाइयो !


gdpnepal
   १६ चैत्र २०८१, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले आफू राजावादी नभएको स्पष्ट पार्दै आफ्नो बारेमा भ्रम फैलाइएको भन्दै दुःख व्यक्त गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत जुन कुनै पनि राजनीतिक एजेन्डाबाट आफू प्रभावित नभएको बताएकी हुन् ।

आफूलाई राजावादी भनिँदा व्यक्तिगत प्रतिष्ठामा धक्का पुर्‍याउनुका साथै जनतामा गलत जानकारी फैलेको उल्लेख गदैए उनले यसबाट समाजमा अनावश्यक भ्रम सिर्जना भएको बताएकी छन् ।

आफू हालसम्म कुनै पार्टीमा आवद्ध नरहेको तथा कुनै पनि राजनीतिक एजेन्डाबाट प्रभावित नरहेको उनको भनाइ छ ।

राणाको भनाइ जस्ताको तस्तैः

केही सञ्चारमाध्यमहरूले मेरो नामलाई प्रयोग गरी निराधार र गलत समाचार प्रचार गरिरहेको जानकारी प्राप्त भएको छ। म स्पष्ट पार्न चाहन्छु कि म कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध छैन, न त मैले कसैलाई कुनै प्रकारको सहजता प्रदान नै गरेकि छु। मेरो प्राथमिकता सधैं देशको आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको छ, जुन कुनै पनि राजनीतिक एजेन्डाबाट प्रभावित छैन।

म सम्पूर्ण सञ्चारमाध्यमहरूलाई तथ्यहरू पुष्टि गरी मात्रै समाचार प्रकाशन गर्न अनुरोध गर्न चाहन्छु। आधारहीन समाचार प्रकाशनले व्यक्तिगत प्रतिष्ठामा धक्का पुर्‍याउनुका साथै जनतामा गलत जानकारी फैलाउँछ, जसले समाजमा अनावश्यक भ्रम सिर्जना गर्दछ। सत्य र तथ्यमा आधारित पत्रकारिता नै विश्वसनीयताको मूल आधार हो। म मेरो नाम जोडेर फैलाइएका गलत समाचार तुरुन्त सच्याउन अनुरोध गर्दछु। सत्य र तथ्यमा आधारित सूचना प्रवाहका लागि म प्रत्यक्ष सम्पर्क र स्पष्ट संवादको लागि सदैव तयार छु।

म सञ्चारमाध्यमहरूको भूमिकाको सम्मान गर्छु, तर सत्यता, विश्वसनीयता, र जिम्मेवार पत्रकारिता कायम राख्न विशेष जोड दिन आवश्यक छ। सञ्चारमाध्यम केवल सूचनाको आदानप्रदान गर्ने एउटा उपकरण मात्र होइन, यो देशको समग्र विकासमा एक महत्वपूर्ण हिस्सा हो। निजि क्षेत्र, सरकार र सञ्चारमाध्यम सबै मिलेर विकासको मार्गमा अघि बढ्न आवश्यक छ।

प्रकाशित : १६ चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह