काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले १०० प्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
यसका लागि कम्पनीले बैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ । तसर्थ, चैत २७ गतेसम्म कायम रहने सेयरधनी मात्र उक्त विशेष सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया