काठमाडौं । नेपाल रुद्राक्ष व्यवसायी संघको अध्यक्षमा मनोज कुमार चापागाईं पुनः निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको नवौं र दशौं साधारणसभा तथा पाचौं अधिवेशनले चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको तीन उपाध्यक्षमा अगम सिंह राई, भुपेन्द्र कार्की र उत्तम कटुवाल तथा महासचिवमा चित्र प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । उपमहासचिवमा देवेन्द्र लुईटेल खत्री, सचिवमा पवन जिसी, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा उमेशकुमार श्रेष्ठ निर्वाचित भए ।
संघको कार्यकारी सदस्यहरुमा उपेन्द्र पुरी, उमेश कुमार श्रेष्ठ, उपेन्द्र पुरी, उमेश अधिकारी, मीन कार्की, अनिस तामाङ, ध्रुव चापागाई, वसन्ती श्रेष्ठ, उमेश भण्डारी र राजिव श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको साधारणसभा तथा अधिवेशनको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री अधिकारीले रुद्राक्ष खेती र व्यवसायका बारेमा माथिल्लो तहको शिक्षाबाट प्राविधिक उत्पादन गर्न सक्नु पर्ने धारणा राखे । रुद्राक्ष खेती विदेशी मुद्रा आम्दानीको राम्रो स्रोत हुने भएकाले आत्मनिर्भर हुने गरी खेती गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया