काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा भएसँगै उनले शुक्रबार नै बिदा लिएका थिए ।
प्रतिक्रिया