काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज २१ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति २०८२ वैशाख १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
प्रतिक्रिया