Logo

बिजनेस होम

बालेन कार्यालयमा टेन्डरबिनै १ करोड खर्चेर डेडिकेटेड लिफ्ट, अख्तियारले छानबीन गर्ला ?


gdpnepal
   २७ चैत्र २०८१, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखको कार्यालयमा सार्वजनिक खरिद ऐन विपरीत लिफ्ट (एलिभेटर) जडान गरिएको खुलासा भएको छ ।

महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धरले मेयर बालेन्द्र शाह (बालेन)को कार्यालयमा कोटेसनका भरमा लिफ्ट जडान गरिएको खुलासा गरेका हुन् ।

मेयर शाहको सरकारी कार्यालयमा एक करोड रुपैयाँ खर्चेर लिफ्ट जडान गरिएको र सो लिफ्ट जडानका लागि सार्वजनिक रुपमा खरिद प्रक्रिया पूरा नगरिएको उनको भनाइ छ ।*

मेयर शाह मात्र कार्यकक्षमा जान उक्त डेडिकेटेड लिफ्ट जडान गरिएको उनको भनाइ छ ।

“मेयरको कार्यालयमा आफू मात्र जाान एक करोड खर्चेर लिफ्ट जडान भएको छ, जसको निमित्त कुनै बोलपत्र आह्वान समेत गरिएन,” प्रवक्ता मानन्धरले हालै एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, “कोटेसनका आधारमा टुक्रा पारेर ठूलो रकम खर्च भएको छ, जसको वैधतामा प्रश्न उठ्न सक्छ ।”

महानगर प्रवक्ता नविन मानन्धर

मेयर शाह मात्र कार्यकक्षमा जान उक्त डेडिकेटेड लिफ्ट जडान गरिएको उनको भनाइ छ ।

बालेनकाे कार्यकक्षमा कसैलाई पहुँच नभएको उनको भनाइ छ ।

मेयरको क्वार्टरमा समेत अनावश्यक खर्च गरिएको उनको भनाइ छ ।

*सच्याइएको

प्रकाशित : २७ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह