Logo

Banner-news

मलेसियामा नेपाली कामदारको न्यूनतम तलब ३३,४३२ रुपैयाँ !


GDP Nepal
   १६ पुस २०७६, बुधबार


काठमाडौं । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको निर्णयका कारण डेढ वर्ष ठप्प रहेको मलेसिया रोजगारी पुनः खुलेसँगै नेपाली कामदारको तलब पनि बढ्ने भएको छ । नयाँ वर्ष २०२० सँगै मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी न्यूनतम १२ सय रिंगेट पु¥याएको छ र यसबाट नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

नेपालीसहित सबै मुलुकका कामदारको न्यूनतम पारिश्रमिक १ हजार २०० रिंगेट अर्थात मंगलबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ पुग्नेछ । यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक १ हजार १ सय रिंगेट पाउँदै आएका थिए ।

नेपाली दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार २ रिंगेट अर्थात ३३ हजार रुपैयाँभन्दा बढी नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै सीमा निर्धारण गरेको हो ।

राजदूतावासले मंगलबार सूचना जारी गदै जनवरीबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले ३३ हजार रुपैयाँभन्दा बढी पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नुपर्ने छ ।

यो निर्णयसँगै रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको मागपत्रमा न्यूनतम पारिश्रमिक तोकेर मागपत्र पेश गर्न निर्देशन दिएको छ । डिसेम्बर ६ मा नै मलेसिया सरकारले पनि श्रमिकको न्यूनतम तलब बढाउने निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन ।

मलेसियाको मानव संशाधन मन्त्रालयले २०२० को जनवरीबाट लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने जनाएको थियो । मन्त्रालयका अनुसार विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार १ सय रिंगेटबाट वृद्धि भएर १ हजार २ हुने जनाएको थियो ।

मलेसियाले राजधानी क्लालाम्पुरसहित देशका ५७ वटा सहरमा विदेशी श्रमिकको पारिश्रमिक सो अनुसार हुने जनाएको छ ।

प्रकाशित : १६ पुस २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह