काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिको तुलनामा बैंकको नाफा ५.८८ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशत र सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ ।










प्रतिक्रिया