Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढ्यो


GDP नेपाल
   ७ बैशाख २०८२, आइतबार


काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसैअवधिको तुलनामा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर २७ करोड २९ लाख ९८ हजारु रुपैयाँ आएको छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।


बैंकको प्रतिसेयर आम्दानी पनि ६।०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह