काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन वैशाख १६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।
सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।










प्रतिक्रिया