काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
गत वर्षको यसैअवधिको तुलनामा बैंकहरुको नाफा १.४० प्रतिशतले धेरै हो । गत वर्षको चैतसम्म बैंकहरुले ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । तेस्रो त्रैमाससम्म नबिल बैंकले ५ अर्ब ५ करोड नाफा कमाएको छ ।
त्यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड र ग्लोबल आइएमई बैंकले तेस्रोमा ४ अर्ब ५३ करोड नाफा कमाउन सफल भएका छन् ।
यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले यस अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।











प्रतिक्रिया