Logo

बैंक / बिमा /शेयर

पियोर इनर्जीको आइपीओ बाँडफाँट


GDP नेपाल
   ११ बैशाख २०८२, बिहिबार


काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।


पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।


आइपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र मेरोसेयर एपमार्फत हेर्न सकिनेछ ।

प्रकाशित : ११ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह