काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।










प्रतिक्रिया