काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३.५८ अंकले बढेर दुई हजार ६६१.६० विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन २४, हाइड्रोपावर ३७, उत्पादन २९ र व्यापार उपसमूह ५२ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ५, विकास बैंक १, फाइनान्स २५, जीवन बीमा १५, निर्जीवन बीमा ४१ माइक्रोफाइनान्स ४४ र अन्य उपसमूह १३ अंकले घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर ९.९९प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको दुई करोड ८४ लाख कित्ता सेयर १० अर्ब ८७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया