काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा आवेदन दिएको छ।
बैंकले एनएमबी पावर बोन्ड वान नामक ऋणपत्र निष्कासन गर्ने योजना बनाएको हो । यसको कुल मूल्य ५ अर्ब रुपैयाँ हुनेछ र यो ५० लाख कित्तामा जारी गरिनेछ।
बैंकले १ हजार अंकित दरका ऋणपत्र निष्कासनको अनुमति माग गर्दै वैशाख ११ गते आवेदन दिएको हो। बोर्डबाट अनुमति पाएपछि, बैंकले व्यक्तिगत तवरबाट ३० लाख कित्ता र सर्वसाधारणका लागि २० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना बनाएको छ।
ऋणपत्रको बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यो ऋणपत्रको अवधि ७ वर्ष हुनेछ र यसको वार्षिक प्रतिफल ७ प्रतिशत रहनेछ।










प्रतिक्रिया