Logo

कर्पोरेट-बजार

एयराटिक्सले नेपालमा गर्यो स्मार्ट स्टोरेज मार्केटप्लेस सुरु


GDP नेपाल
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । भारतको प्रमुख स्मार्ट स्टोरेज मार्केटप्लेस एयराटिक्सले काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बेसडरमा आयोजित एक भव्य कार्यक्रममार्फत नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ । अब नेपालीहरूले अस्थायी भण्डारण, रिलोकेशन तथा लास्ट माइल लजिस्टिक्सका लागि आधुनिक र डिजिटल समाधान प्रयोग गर्न सक्नेछन् ।

एयराटिक्सले व्यवसाय, व्यक्तिहरू र यात्रुहरूलाई लक्षित गर्दै सुटकेसदेखि व्यापारिक सामान, अर्डर फुलफिलमेन्ट तथा स्थानान्तरण सेवासमेत प्रदान गर्नेछ ।

कार्यक्रमको नेतृत्व एयराटिक्सका संस्थापक तथा सीईओ अदित्य काककेले गरे। पूर्व मरीन इन्जिनियर रहेका काककेले भारतमा बीटूबी गोदाम सेवा सफलतापूर्वक सञ्चालन गरिसकेपछि एयराटिक्सलाई बीटूसी स्मार्ट स्टोरेज प्लेटफर्मका रूपमा विस्तार गरेको हो ।

उनले भने, ‘भण्डारण समस्याले भारत मात्र होइन, उपमहाद्वीपका धेरै देशहरू प्रभावित छन्। नेपालमा पनि त्यस्तै समस्या देखिन्छ। हामी विगत तीन महिनादेखि सेवा दिइरहेका छौं र ५०० भन्दा बढी ग्राहक प्राप्त गरिसकेका छौं।’ हाल काठमाडौंमा मात्र सेवा उपलब्ध रहेको बताउँदै उनले पोखरा र वीरगञ्जजस्ता सहरहरूमा चाँडै विस्तार गर्ने योजना सुनाए ।

कार्यक्रममा नेपाली लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका अग्रणी व्यक्तिहरूको उपस्थिति रहेको थियो। …From Idea to Execution – What Makes a Startup Stand Out ? ’ शीर्षकको प्यानल छलफलमा ८८ कलेक्टिभका संस्थापक प्रतीक अर्यालले संयोजन गरेका थिए ।

प्यानलमा उपाया सिटी कार्गोका संस्थापक सुमन रायमाझी, दराज नेपालका सन्तोष विष्ट, मेरो स्टोरेजका समय गिरी तथा एयराटिक्सका अदित्य काकके सहभागी थिए।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह