काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब तान्ने भएको छ । वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति २०८२ जेठ ७ गते निर्धारण भएको छ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।










प्रतिक्रिया