Logo

सेयर बजार

एकल अंकले घट्यो सेयर बजार, ९ अर्ब ३७ करोडको कारोबार


GDP नेपाल
   १७ बैशाख २०८२, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.१४ अंकले घटेर दुई हजार ६२३.८३ विन्दुमा पुगेको छ ।




बैंकिङ ९, विकास बैंक ५६, फाइनान्स ३०, होटल तथा पर्यटन ३२, उत्पादन ५१, जीवन बीमा १०, निर्जीवन बीमा २२ र अन्य उपसमूह २७
अंकले घटेको छ ।
त्यस्तै, आज हाइड्रोपावर २१, माइक्रोफाइनान्स १ र व्यापार उपसमूह १८ अंकले बढेको छ ।


आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि समाज लघुवित्त, नेपाल माइक्रो इन्स्यारेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ ।






यस दिन ३१४ कम्पनीको दुई करोड ४६ लाख कित्ता सेयर ९ अर्ब ३७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १७ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह